१२ चैत्र २०८२, बिहीबार | Thu Mar 26 2026

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको सेयर बिक्रीमा, सर्वसाधारणले किन्न पाउने

१६ कात्तिक, काठमाडाैं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको छ। बैंकले यसअघि आफ्नो विद्यमान संस्थापक सेयरधनीहरूलाई प्राथमिकता दिँदै असोज ९ गतेदेखि ३५ दिनको अवधि तोकेर कुल ८८ हजार ८०५ कित्ता सेयर बिक्रीमा राखेको थियो। तर  साे अवधिमा संस्थापक सेयरधनीहरूबाट कुनै पनि आवेदन नपरेको कारणले अब सर्वसाधारणका लागि सेयर बिक्री खुला गरिएको  बैंकले जनाएकाे छ ।

बिक्रीमा राखिएकाे सेयरमा बैंकका संस्थापक सेयरधनीहरू बाहेक सर्वसाधारण व्यक्ति, कम्पनी, संघसंस्था लगायतले आवेदन दिन सक्नेछन्। इच्छुकहरूले आगामी ७ दिनभित्र काठमाडौंको लाजिम्पाटस्थित बैंकको सेयर शाखामा निवेदन बुझाउनुपर्नेछ।

प्रकाशित मिति : १६ कार्तिक २०८२, आईतवार १८:०३