१३ भदौ २०८३, शनिबार | Sat Aug 29 2026
http://kk5.io/NADA2026

बालुवाटारमा प्रधानमन्त्रीसँग सातै प्रदेशका मुख्यमन्त्रीहरूकाे बैठक सुरु

१६ कात्तिक, काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र सातै प्रदेशका मुख्यमन्त्रीहरूबिचको बैठक सुरु भएको छ । बैठक आइतबार अपराह्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको हो ।

बैठकमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतबहादुर कार्की, मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार, बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको उपस्थिति छ ।

प्रधानमन्त्री कार्कीले परिवर्तित अवस्थामा सङ्घ र प्रदेश सरकारबीच संवाद गर्न तथा सहकार्य थप सघन बनाउनका लागि बैठक आह्वान गर्नुभएको प्रधानमन्त्रीका प्रेस संयोजक रामबहादुर रावलले जानकारी दिनुभयो ।

प्रकाशित मिति : November 2, 2025 at 5:35 pm