२१ मंसिर २०८२, आईतवार | Sun Dec 7 2025

ज्यान मार्ने उद्योगमा फरार रहेका व्यक्तिसँग भेटियो प्रहरीबाट लुटिएको हतियार

१६ कात्तिक, काठमाडाैं । जेनजी प्रदर्शनको क्रममा लुटिएको हतियार ज्यान मार्ने उद्योगका फरार प्रतिवादीसँग रहेको खुलेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले काभ्रे घर भई गोकर्णेश्वर नगरपालिका-३ बस्ने २२ वर्षीय राजा भनिने वाङ्सु लामालाई पक्राउ गरेको हो।

प्रहरीले उनलाई शुक्रबार गौशालाबाट पक्राउ गरेको ब्युरोका प्रवक्ता तथा एसएसपी शिवकुमार श्रेष्ठले जानकारी दिनुभयाे । गत भदौ २४ गते लुटिएको ग्यास गन र तीन वटा कार्टिज (गोली) काठमाडौं-७ लाहुरे टोलको एउटा खाजा घर बाहिर कुर्सीमा झोलाभित्र राखिएको फेला परेको थियो।

त्यस दिन राजा भने त्यहाँ फेला परेका थिएनन्। सूचनाका आधारमा थप अनुसन्धान गरी उनलाई पक्राउ गरिएको प्रहरीले जनाएकाे छ । पक्राउ परेका वाङ्सु प्रहरी वृत्त बौद्धमा ज्यान मार्ने उद्योग कसुरका फरार प्रतिवादी रहेको खुलेको छ। जिल्ला अदालत काठमाडौंले गत साउन ७ गते पुर्पक्षका लागि कारागार पठाउन आदेश गरेको थियो। गत भदौ २४ गते केन्द्रीय उनी कारागारबाट फरार भएका थिए।

 

प्रकाशित मिति : १६ कार्तिक २०८२, आईतवार १६:२९