निर्वाचन आयोगले हर्क साम्पाङको पार्टीलाई दियो दर्ता प्रमाणपत्र
१६ कात्तिक, काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको पार्टीलाई निर्वाचन आयोगले दर्ता प्रमाणपत्र दिएको छ। साम्पाङ नेतृत्वको ‘श्रम संस्कृति पार्टी’ लाई आज निर्वाचन आयोगले दल दर्ताको मान्यतासहित प्रमाणपत्र उपलब्ध गराएको हो ।
साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीको चुनाव चिह्न ‘माटोको ढिस्को’ राखिएको छ । सो पार्टीमा २८ जना केन्द्रीय सदस्य र पाँच जना पदाधिकारी छन् । उपाध्यक्षमा देवराज लामा, महासचिवमा आर्यन राई, कोषाध्यक्ष समिता राई रहेका छन् । प्रवक्तामा अरुण गुरुङ रहेका छन् । गत असोज १२ गते आइतबार साम्पाङ आफैँ निर्वाचन आयोग उपस्थित भएर दल दर्ताको निवेदन दिएका थिए ।
प्रकाशित मिति : १६ कार्तिक २०८२, आईतवार १५:३५












