२१ मंसिर २०८२, आईतवार | Sun Dec 7 2025

युवा कार्यकर्ताले कांग्रेस केन्द्रीय कार्यालयमा लगाए ताला

१६ कात्तिक, काठमाडौं । नियमित महाधिवेशनको समय सार्वजनिक गर्न माग गर्दै युवा कार्यकर्ताले सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयको मूल गेटमा तालाबन्दी गरेका छन् ।

युवाको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने र नियमित महाधिवेशनको मागसहित प्रदर्शन गरेका युवाहरूले कांग्रेस कार्यालयको मुख्य गेटमा आइतबार दिउँसो तालाबन्दी गरेका हुन्।

पार्टी अनिर्णियको बन्दी भएको भन्दै छिटो निर्णय गर्नका लागि युवाहरूले तालाबन्दीपछि प्रदर्शन समेत गरेका छन् । असोज २८ गतेदेखि सुरू कांग्रेस केन्द्रीय समिति बैठक महाधिवेशन कार्यतालिकामा विवाद हुँदा पटक पटक स्थगित हुँदै आएको छ।

शुक्रबारका लागि बैठक बोलाइएको थियो । तर बैठक बस्दै नबसी आजका लागि सारिएको थियो । तर आजको बैठक पनि नबसी मंगलबारका लागि सारिएको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०८२, आईतवार १४:२०