२६ मंसिर २०८२, शुक्रबार | Fri Dec 12 2025

माओवादी र समाजवादीसहितले कात्तिक २० गते पार्टी एकता घोषणा गर्दै

१६ कात्तिक, काठमाडौं । नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादीबीच कात्तिक २० गते पार्टी एकता हुने भएको छ। आज बिहान बसेको माओवादी केन्द्र सचिवालय बैठकले कात्तिक २० गते काठमाडौंमा एकता घोषणा कार्यक्रम गर्ने निर्णय गरेको नेता अग्नि सापकोटाले जानकारी दिनुभयाे ।

नेता सापकोटाका अनुसार माओवादी केन्द्र, माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी, महिन्द्रराय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी, विप्लव नेतृत्वको नेकपाबाट विद्रोह गरेका चिरन पुन (मिलन सी) समूह, प्रेमबहादुर सिंह समूह, राजु कार्की नेतृत्वको नेकपा समाजवादी र सुभाषराज काफ्ले नेतृत्वको जनसमाजवादी पार्टी नेपालबीच एकताको घोषणा हुँदैछ ।

प्रकाशित मिति : १६ कार्तिक २०८२, आईतवार १३:५०