१२ चैत्र २०८२, बिहीबार | Thu Mar 26 2026

कुमारी बैंकको सेयर बिक्रीमा

१६ कात्तिक, काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको १४ हजार ६४६ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ।

बिक्रीमा राखिएको उक्त सेयरमा बैंकमा विद्यमान संस्थापक सेयरधनीहरूले खरिद गर्न सक्नेछन्। सो सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आगामी ३५ दिनभित्र नक्सालस्थित कुमारी क्यापिटल लिमिटेड वा टंगालस्थित बैंकको प्रधान कार्यालयमा निवेदन दिनु पर्नेछ।

सेयरको बिक्रीमूल्य बिक्रेताले तोके बमोजिम हुने बैंकले जनाएको छ। साथै, तोकिएको समयावधिभित्र सो सेयर खरिदका लागि संस्थापक सेयरधनीबाट कुनै पनि निवेदन नपरेमा सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०८२, आईतवार ११:३८