१० चैत्र २०८२, मंगलवार | Tue Mar 24 2026

२२.१९ प्रतिशतले बढ्यो तेह्रथुम पावरको नाफा, प्रतिसेयर आम्दानी भने घट्यो

१६ कात्तिक, काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीले ५ करोड ६२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २२.१९ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ४ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

कम्पनीको विद्युत बिक्री आम्दानी केही घटेको छ । कम्पनीको विद्युत बिक्री आम्दानी ८ करोड २३ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवमा कम्पनीको विद्युत बिक्री आम्दानी ८ करोड २७ लाख रहेको थियो । यस्तै कम्पनीको वित्त खर्च घटेको छ । अघिल्लो आवमा २ करोड १२ लाख रहेको वित्त खर्च घटेर १ करोड ३ लाखमा सीमित बनेको छ । कम्पनीको प्रशासनिक खर्च ७ लाखबाट बढेर १० लाख बढी पुगेको छ ।

कम्पनीको चुक्तापूँजी ८० करोड रहेको छ । यस कम्पनीको जगेडा कोष ३१ लाख रुपैयाँ ऋणात्मक रहेको छ। समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) १७ रुपैयाँ ९१ पैसा घटेर २८ रुपैयाँ १२ पैसामा सीमित भएको छ। प्रतिसेयर नेटवर्थ ९९.६१ रुपैयाँ,मूल्य आम्दानी अनुपात ९.९९ गुणा रहेकाे छ ।

प्रकाशित मिति : १६ कार्तिक २०८२, आईतवार १०:०१