२१ मंसिर २०८२, आईतवार | Sun Dec 7 2025

फुटेपछि एकताको आवश्यकता याद गर्नु वाहियातः गोकुल बास्कोटा

१५ कात्तिक, काठमाडौँ । नेकपा एमालेका पोलिटब्यूरो सदस्य गोकुल बास्कोटाले फुटेपछि एकताको आवश्यकता याद गर्नु वाहियात रहेको बताउनुभएको छ । नेकपा एकीकृत समाजवादीले नेकपा माओवादी केन्द्रसँग एकता गर्ने औपचारिक निर्णय गरेपछि सामाजिक सञ्जाल एक्स मार्फत टिप्पणी गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

dainiki.com

पूर्वमन्त्री समेत रहनुभएको बाँस्कोटाले भन्नुभएको छ, ‘फुटेपछि एकताको आवश्यकता याद गर्नु वाहियात हो । तर नेपालका वाम्पन्थी त्यै प्रवृत्तिवाट अभिशप्त छन । मिसिने तर नमिल्ने हिन्द र प्रशान्त महासगर जस्ता।कारण-गहिराईको चाप र नेतृत्वको राप। फुट भन्दा जुट राम्रो तर ढोक्सामा परेको माछी नहुनु अर्कोले तारेर खाए वा सुरुवा बनाएर पिए पनि हुने।’

प्रकाशित मिति : १५ कार्तिक २०८२, शनिबार ०८:२३