नेप्सेमा दुई कम्पनीकाे बोनस सेयर सूचीकृत
१३ कात्तिक, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीकाे बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा नेपाल लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल र एनएलजी इन्स्योरेन्स कम्पनीको बोनस सेयर सूचीकृत भएको हाे ।
नेप्सेमा नेपाल लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालको १० प्रतिशत बोनस बापतको ५० लाख कित्ता बोनस सेयर सूचीकृत भएको हो । त्यस्तै, एनएलजी इन्स्योरेन्स कम्पनीको २.५० प्रतिशत बापतको ६ लाख २५ हजार ६६४ कित्ता बोनस सेयर सूचीकृत भएको छ । यी कम्पनीकाे बोनस सेयर सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि लगानीकर्ताले खरिदबिक्री गर्न सक्नेछन् ।
प्रकाशित मिति : १३ कार्तिक २०८२, बिहीबार १७:२४













