१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

-प्रकाशचन्द्र खतिवडा

फूलमुस्कुराउँछ
म मुस्काइ दिन्छु
फूल रुन्छ
म रोइ दिन्छु
रुनु हाँस्नु जिन्दगीको गीतबन्दो रहेछ
कयौंउकालीहरु चढ्दा चढदै
ठेस लागे पछि
यात्रातुहिदो रहेछ
जङ्घार तर्न नसके पछि
तिघ्रा पनि त काम्दो रहेछ ।

कयौं पटक म मध्यरातमाकहालिएको छु
रातको सन्नाटासगैं,
रातहरु असाध्यै विषाक्तबन्दै गएका छन
सयौं सपनाहरु तुहाएर
विपनाहरु निल्दै,
रातहरु खुरुखुरु लाशजन्माइ बस्छन
समयमौन छ
अज्ञात लाशहरुको विस्कुनदेखे पछि,
लाश उठाउने मलामी छैनन्
शोकधुन बजाउँछ कस्ले ?
म भयभीत छु
मृत्युगीत सुने पछि,
मेरो सपनाविपनाहुनै सकेन
विपनाका सपनाहरु बचाउँ कसरी ?
म लाचार जिन्दगी घिसारि रहेछु
मिठा सपनाहरु चोरिए पछि ।

तिमीभन्थ्यौ
काडाँ पनिजिन्दगीको विम्बहुन सक्छ
जीवनभोगाइभिन्नभिन्नभए पछि
सबैको जीवनयात्रा सहजनहुन सक्छ
मृत्यु संग लुकामारी खेल्दै
काडाँ विचमै फूलफूलिदिन सक्छ ।

निर्जन पातालहरु छन
निर्जन पाटनहरु छन
तुषारो संग जिस्कदै
गुराँसको फूललाई अंकमाल गरी
जीवनको जिजीविषा कोट्याएर
बुकीफूलहरु
निरन्तर
जिन्दगीबाँच्नहौस्याइ रहेछन
बाँच्नेकलापत्तै नपाए पछि
मान्छेहरु जिन्दगीकागीतगाउँनै छोडि सके
तिनीहरुको ओठमा मुस्कानछैन
रुन्चे अनुहार बनाई
मान्छेहरु उतर्सि बसेकाहुनकिन?
आफ्नै जिन्दगी हराए पछि ।

समयलाशकाविस्कुनहरु फिजाएर
एकोहोरो शङ्ख फुक्छ
नानीचाहरु रोइ बस्छन
आफ्नै आमाको दर्दनाक मृत्यु पर्खेर
मृत्यु स्वभाविकनहुन सक्छ
जिन्दगीको परिभाषाखोज्नेहरुकालागि
आमाहरु पनि त रोइरहेछन
सन्तानको मृत्यु देखे पछि ।

जिन्दगीको चौतारी बनाउनु थियो
भावनाको कुलो खन्नु थियो
एकताको दाम्लो बाट्नु थियो
दर्जनौ कामहर थाँति राखेर
रामकली !
तिम्रो मायामा हराउनु थियो
तिमीले गरेको प्रेम अमर र अजर थियो
तिम्रो पीडा
मेरो पनि त पीडा नै थियो
मैले तिमीलाई नबुझ्दा
तिमी रोई बस्यौ होला
सुन्दर सपनाकामहलहरु
बन्दै ढल्दै गरे होला
जिन्दगीका रहरहरु गाँठो पारी
पटुकीको फेरोले पसिना पुछ्दै
जिन्दगीकाउकालीओराली काट्यौ होला
म आउने बाटो हेरी
रात विरात, वितायौ होला
तिमीकतिशहनशील?
तिमीकतिधैर्यवान?
तिम्रो धैर्यतादेखेर
आकाशपनिझुक्यो होला
तिमीजिन्दगीको मिठो परिभाषाहौ
जिन्दगीखाज्नेले
तिमीलाई पढ्नु पर्छ ।

फूलहरु मुस्कुराउलान
विहानीको आभा चढे पछि
हिमालहरु हाँसीदेलान
फूलहरु मुस्कुराए पछि
तिमीले हाँस्नसिक्नु पर्छ
जिन्दगीको यात्रा कठिन होला
कठिन यात्राकै बिच बाट
तिमीले जिन्दगीको हराएको परिभाषाखोज्नु पर्छ ।

ओ सन्तु दिदी !
तपाई संग जीवनको कुनै परिभाषा छ ?
सायदतपाई भन्नु हुने छ
फूल र जीवन
काँडा र फूल
सङ्र्घषको प्रतिरुपहो जीवन
जीवनको फूलबारीमा
भाग दौड चलिरहेछ
फू्रलहरु चुड्नकालागि
किन चुड्ने फूल?
निहत्था
फूलहरु नचुँड
फूल जस्तै रहेछ जिन्दगी ।

प्रकाशित मिति : १३ कार्तिक २०८२, बिहीबार १५:०९