१ पुष २०८२, मंगलवार | Tue Dec 16 2025

प्रहरीको बर्दी लगाउँदै लुटपाट र आगजनी गर्ने नुवाकोटका समीरसहित तीन जना पक्राउ

१३ कात्तिक, काठमाडौं । जेनजी आन्दोलनको क्रममा प्रहरीको बर्दी लगाउँदै लुटपाट र आगजनी गर्दै हिँड्ने तीन जना पक्राउ परेका छन् ।पक्राउ पर्नेहरुमा नुवाकोट घर भएका १८ वर्षका समीर श्रेष्ठ, सिन्धुपाल्चोक घर भएका १८ वर्षीय रिहान गुरुङ र रामेछाप घर भएका १७ वर्षीय दिवस बस्नेत रहेका छन् ।

प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले उनीहरुलाई गोकर्णेश्वरको तालिनचोकबाट बुधबार पक्राउ गरेको हो । उनीहरुले जेनजी आन्दोलनको क्रममा प्रहरीको बर्दी लुटेर लगाउँदै आगजनी र तोडफोड गरेको आरोप छ । सीसीटिभी फुटेजका आधारमा पहिचान गरेर उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १३ कार्तिक २०८२, बिहीबार १२:२३