१ पुष २०८२, मंगलवार | Tue Dec 16 2025

धरौटीमा रिहा भए नुवाकोटका गुन्डा नाइके सानुभाइ

१३ कात्तिक, काठमाडौँ । गुण्डागर्दीमा संलग्न युवराज गुरुङ उर्फ सानुभाइ धरौटीमा रिहा भएका छन् । काठमाडौँ जिल्ला अदालतको आदेश अनुसार उनी ७ हजार धरौटी बुझाएर छुटेका हुन् ।

जेनजी प्रदर्शनपछि व्यवसायीलाई धम्क्याएको आरोपमा प्रहरीले उनलाई  असोज १९ गते टोखाबाट पक्राउ गरेको थियो । नुवाकोटको ककनी गाउँपालिका–५ घर भएर भएका बस्ने ३३ वर्षीय सानुभाइ टोखा स्थित सूर्यदर्शन हाइटमा बस्दै आएका थिए।

प्रकाशित मिति : १३ कार्तिक २०८२, बिहीबार ११:३५