२१ मंसिर २०८२, आईतवार | Mon Dec 8 2025

हिमालयन लाइफको सिईओमा कपिल कुमार दाहाल नियुक्त

१३ कात्तिक, काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा कपिलकुमार दाहाल नियुक्त हुनुभएको छ ।

कम्पनीको सञ्चालक समितिको बैठकले सर्वसम्मतमा दाहाललाई सिईओको नियुक्त गरेको हो । दाहालले यसअघि असोज २८ गतेदेखि निमित्त सिईओको रूपमा कार्य गर्दै आउनुभएको थियो । तत्कालीन सिईओ मनोजकुमार लाल कर्णले असोज २७ गते पदबाट राजीनामा दिएपछि उक्त पद खाली रहेको थियो।

प्रकाशित मिति : १३ कार्तिक २०८२, बिहीबार १०:४०