२१ मंसिर २०८२, आईतवार | Sun Dec 7 2025

एभरेष्ट बैंकको ३१औं वार्षिक साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

१२ कात्तिक, काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको ३१ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकको सभा आज (कात्तिक १२ गतेबुधबार) सम्पन्न भएको हो ।

सभामा सेयरधनीका लागि ६ प्रतिशत बाेनस सेयर र १४ प्रतिशत नगद लाभांश (बोनस सेयरमा लाग्ने कर समेत) वितरण गर्ने प्रस्ताव पारित भएकाे छ । सभाले लेखापरिक्षकको प्रतिवेदन सहितआर्थिक वर्ष २०८१/८२को वार्षिक प्रतिवेदन पारित गरेको छ । साथै, सभाले जि.पि. राजवाहक एण्ड कम्पनीलाई लेखापरीक्षकमा नियुक्त गर्ने प्रस्ताव समेत सर्वसम्मतले गरेको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०८२, बुधबार १७:५८