१३ भदौ २०८३, शनिबार | Sat Aug 29 2026
http://kk5.io/NADA2026

हतियार देखाई सर्वसाधारणमा आतंक सिर्जना गर्ने नुवाकोटका समिरसहित दुई जना पक्राउ

१२ कात्तिक, काठमाडौं । हतियार देखाई सर्वसाधारणमा आतंक सिर्जना गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको । पक्राउ पर्नेमा नुवाकोट जिल्ला लिखु गाउपालिका वडा नं. ०६ घर भई हाल काठमाडौंको  नयाँबजार बस्ने २३ वर्षका समिर श्रेष्ठ र काभ्रेपलाञ्चोक पनौती घर भई हाल काठमाडौंको क्षेत्रपाटी बस्ने २३ वर्षका एलेक्स नेपाली रहेका छन् ।

काठमाडाैंकाे इचंगुनारायण मन्दिर एरियामा हतियार देखाई सर्वसाधारणमा आतंक सिर्जना गरेको भन्ने बिशेष सूचनाको आधारमा काठमाडाैं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएकाे प्रहरी टोलीले उनीहरूलाई कात्तिक ११ गते मंगलबार ढल्कूबाट पक्राउ गरेकाे प्रहरी उपरीक्षक एवम् सूचना अधिकारी काजी कुमार आचार्यले बताउनुभयाे ।

उनीहरूकाे साथबाट प्रहरीले Model 54 Cal 7.62x25mm 50000098 poly Technologies Inc. China लेखिएको पेस्तोल थान-१, सोही पेस्तोलको खाली म्याग्जिन थान-१  र 311-23 लेखिएको गोली १२ राउण्ड बरामद गरेकाे जनाएकाे छ । थप अनुसन्धान तथाआवश्यक कारबाहीको लागि उनीहरूलाई जिल्ला प्रहरी परिसर भद्रकाली पठाईएको छ  ।

प्रकाशित मिति : October 29, 2025 at 5:32 pm