२७ जेष्ठ २०८३, बुधबार | Thu Jun 11 2026

नेप्सेका कर्मचारीले गरे विरोधका कार्यक्रम स्थगित

१२ कात्तिक, काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से) का कर्मचारीले विरोधका कार्यक्रम स्थगित गरेका छन्। सर्वोच्च अदालतले छलफलमा बोलाएपछि नेप्सेका कर्मचारीले विरोधका कार्यक्रम स्थगित गरेका हुन् ।

 बोनसको विषय र नेप्सेका सीईओ र अध्यक्षको राजिनामा माग राख्दै उनीहरू विगत ३७ दिनदेखि आन्दोलनमा थिए । कर्मचारीको बोनसको विषयमा श्रम अदालतको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले छलफलका लागि बोलाएसँगै नेप्से कर्मचारी संघले विरोधका कार्यक्रम  स्थगित गरेका हुन्।

श्रम अदालतले नेप्सेको वार्षिक नाफाबाट कर्मचारीलाई ५ प्रतिशत बोनस छुट्याउने व्यवस्था कार्यान्वन गर्न निर्देशन दिएकामा नेप्से व्यवस्थापनले अस्वीकार गरेपछि कर्मचारी आन्दोलनमा उत्रिएका थिए । नेप्से व्यवस्थापन श्रम अदालतको फैसलाविरुद्ध असोज २८ गते सर्वोच्च अदालत गएकामा सर्वोच्चले दुवै पक्षलाई कात्तिक २३ गते बोलाएको छ । नेप्सेका कर्मचारी संगठनले अदालतमा विचाराधीन विषय भएकाले आन्दोलन स्थगित भएको जनाएको छ ।

प्रकाशित मिति : October 29, 2025 at 4:53 pm