२६ मंसिर २०८२, शुक्रबार | Fri Dec 12 2025

राष्ट्रियसभा सदस्यको निर्वाचन माघ ११ गते गर्ने सरकारको निर्णय

१२ कात्तिक, काठमाडौं । सरकारले राष्ट्रिय सभा सदस्यको निर्वाचन गर्ने निर्णय गरेको छ । सरकारका प्रवक्ता समेत रहनुभएका सञ्चारमन्त्री जगदिश खरेलले राष्ट्रिय सभा सदस्यको निर्वाचन माघ ११ गते तोक्ने निर्णय भएको जानकारी गराउनुभयो ।

फागुन २० गते १९ जना सदस्यको पद रिक्त हुन लागेसँगै ती स्थानमा पदपूर्ति गर्न निर्वाचन गर्न लागिएको उहाँले बताउनुभयो ।

प्रकाशित मिति : १२ कार्तिक २०८२, बुधबार १५:४७