२ जेष्ठ २०८३, शनिबार | Sat May 16 2026

नेप्सेमा सामान्य अंकको गिरावट, कारोबार रकम भने बढ्यो

१२ कात्तिक, काठमाडौं । साताको चौंथो कारोबारको दिन बुधबार सेयर बजारमा गिरावट आएको छ । यस दिन नेप्से ५.१७ अंक घटेर २५६६.१६ विन्दुमा झरेको छ। यस दिन ३२१ कम्पनीकाे ५० हजार ४८७ पटकको कारोबारमा ५ अर्ब ४५ करोड ९७ लाख ६७ हजार रुपैयाँबराबरको १ करोड १५ लाख १ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

यस दिन दुई कम्पनीकाे सेयरमा सकारात्मक सर्किट लागेकाे छ। यस दिन खानी खोला हाइड्रोपावर र उपकार लघुवित्त वित्तीय संस्थाको सेयरमा सकारात्मक सर्किट लागेकाे हाे । यस दिन ज्योति विकास बैंक बण्ड २०८७ को मूल्य सर्वाधिक ५.६६ प्रतिशत घटेको छ। आज युनियन हाईड्रोपावरको सर्वाधिक कारोबार भएको छ। यस दिन कम्पनीकाे २३ करोड ६५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

प्रकाशित मिति : 15:34