एसएसपी रानाभाटले दिए राजीनामा
१२ कात्तिक, काठमाडाैँ । नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रकाश रानाभाटले राजीनामा दिनुभएकाे छ। गत साउनमा एसपीबाट एसएसपीमा बढुवा हुनुभएका रानाभाटले पारिवारिक कारण देखाएर राजीनामा दिनुभएकाे हाे ।
एसएसपी रानाभाट सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा कार्यरत हुनुहुन्थ्याे।
प्रकाशित मिति : १२ कार्तिक २०८२, बुधबार १४:२८












