११ चैत्र २०८२, बुधबार | Wed Mar 25 2026

यसरी हेर्नुहोस् श्रीनगर एग्रीटेकको आईपीओको नतिजा

१२ कात्तिक, काठमाडाैं । श्रीनगर एग्रीटेक इण्डष्ट्रिजको आईपीओ बाँडफाँड भएको छ। कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा बाँडफाँड भएको हो।

कम्पनीले गत असार २६ गतेदेखि २९ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका २५ लाख १० हजार ४९३ कित्ता आईपीओ निष्काशन गरेको थियो। सो आईपीओमा १८ लाख ९८ हजार ३३३ जनाले २ करोड ५ लाख ६८ हजार २१० कित्ताका लागि आवेदन दिएका थिए। जसमध्ये १८ लाख ६९ हजार ३३० आवेदन स्वीकृत भएको छ भने २६ हजार ६३६ आवेदन रद्द भएको छ।

कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथाबाट बाँडफाँड हुने छ । गोलाप्रथाबाट बाँडफाँड गर्दा २ लाख ५१ हजार ४९ जनाले १० कित्ताका दरले कम्पनीको सेयर प्राप्त गरेका छन्। यसमध्ये ३ जना आवेदकले १/१ कित्ता थप गरी ११ कित्ता सेयर प्राप्त गरेका छन्।

कम्पनीकाे आईपीओकाे नतिजा केही समयपछि प्रकाशित हुनेछ । कम्पनीकाे आईपीओकाे नतिजा सिडीएससीको मेरो शेयरको वेबसाइट: https://meroshare.cdsc.com.np/#/login, सिडीएसले आईपीओको लागि संचालन गरेको वेबसाइट: https://iporesult.cdsc.com.np/र बिक्री प्रबन्धक हिमालयन क्यापिटलको वेबसाइट: https://result.nabilinvest.com.np/search/ipo-shareबाट हेर्न सकिनेछ ।

प्रकाशित मिति : १२ कार्तिक २०८२, बुधबार १०:५१