९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

सोल्टी होटलले घोषणा गर्याे लाभांश, बोनस र नगद कति ?

१२ कात्तिक, काठमाडौं । सोल्टी होटल लिमिटेडले लाभांश घोषणा गरेको छ । कात्तिक ११ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आवका लागि लाभांश घोषणा गरेको हो ।

कम्पनीले गत आवका लागि सेयरधनीहरुलाई १५ प्रतिशत बोनस सेयर र १६.५७८९४७३७ प्रतिशत नगद लाभांश गरी कुल ३१.५७८९४७३७ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।

उक्त लाभांश पारित गर्न कम्पनीले मंसिर २८ गते काठमाडौंको सुन्धारामा रहेको आर्मी अफिसर्स क्लबमा  ५१ औं साधारण सभा बोलाएको छ । सो सभा बिहान १० बजेदेखि सुरु हुनेछ ।

कम्पनीले लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि मंसिर ५ गतेदेखि २८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । यसको अर्थ मंसिर ४ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै कम्पनीको लाभांश पाउन र सभामा सहभागी हुन सक्नेछन् ।

प्रकाशित मिति : १२ कार्तिक २०८२, बुधबार १०:४१