२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

खानी खोला हाइड्रोपावरको अवितरित हकप्रद सेयर आजदेखि बिक्री खुला

१२ कात्तिक, काठमाडौं । खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडले साढे ४ लाख कित्ता बढी अवितरित हकप्रद सेयर बोलकबोल प्रक्रियामार्फत बिक्रीमा राखेको छ । कम्पनीले भदौ ३ गतेदेखि असोज ५ गतेसम्म १ः१ अनुपातमा निष्कासन गरेको हकप्रदमा आवेदन नपरेको ४ लाख ५९ हजार ३४९ कित्ता सेयर आजदेखि लिलामीमातर्फ बिक्रीमा राखेको हो ।

यो सेयर खरिदका लागि जो सुकै व्यक्ति,कम्पनी वा संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । बोलकबोल पेश गर्दा न्यूनतम १०० कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन पेश गर्न सकिने कम्पनीले जनाएको छ । सो सेयर खरिदका लागि कात्तिक १९ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले बिक्री प्रबन्धकका साथै सिटिजन्स बैंक इन्टरनेशनलका कुमारीपाटी, ठीमी, इटहरी, विराटनगर, बिर्तामोड, विरगंज, सुर्खेत, जनकपुर, नेपालगंज, नारायणगढ, धनगढी, पोखरा, बुटवल र हेटौँडा शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

प्रकाशित मिति : October 29, 2025 at 9:43 am