दुई महिनामा २ खर्ब २८ अर्ब बढीको अन्तर बैंक कारोबार
११ कात्तिक, काठमाडाैं । चालु आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाहरूको अन्तर–बैंक कारोबार बढेको छ। नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८२/८३ का पहिलो दुई महिनामा २ खर्ब २८ अर्ब बढी अन्तर–बैंक कारोबार भएको देखिन्छ। यस अवधिमा वाणिज्य बैंकहरूले १९८ अर्ब ९ करोड रुपैयाँ र अन्य वित्तीय संस्थाहरूले ३० अर्ब ६५ करोड रुपैयाँ गरी कुल २ खर्ब २८ अर्ब ७४ करोड रुपैयाँको अन्तर–बैंक कारोबार गरेका छन्।
अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैंकहरूले १ खर्ब ९० अर्ब १० करोड रुपैयाँ र अन्य वित्तीय संस्थाहरूले ३ अर्ब ६० करोड रुपैयाँ गरी कुल १ खर्ब ९३ अर्ब ७० करोड रुपैयाँको अन्तर–बैंक कारोबार गरेका थिए।
प्रकाशित मिति : ११ कार्तिक २०८२, मंगलवार १७:५२












