२५ माघ २०८२, आईतवार | Sun Feb 8 2026

दल दर्ताका लागि निर्वाचन आयोग जाँदै विप्लव नेतृत्वको नेकपा

११ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका नेताहरु दल दर्ता प्रक्रियाका लागि आज निर्वाचन आयोग जाँदै छन् । नेता सन्तोष बुढामगर, प्रवक्ता खड्गबहादुर विश्वकर्मा, कर्णजित बुढा लगायतका नेताहरु वकिलहरुसहित निर्वाचन आयोग जान लागेका हुन् ।

निर्वाचन आयोगले आगामी फागुन २१ गते तय भएको निर्वाचनका लागि यही कात्तिक ३० गतेभित्र दल दर्ताको प्रमाणपत्र लिइसक्नुपर्ने जनाएको छ ।

प्रकाशित मिति : ११ कार्तिक २०८२, मंगलवार १२:१६