जेनजी आन्दोलनमा प्रहरी जवानको हत्यामा संलग्न थप दुई जना पक्राउ
११ कात्तिक, काठमाडौं । जेनजी आन्दोलनको क्रममा प्रहरी जवान उत्तम थापाको हत्या आरोपमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सिन्धुलीको गोलन्जोर गाउँपालिका-१ घर भएका २२ वर्षीय अलिष श्रेष्ठ र रसुवाको उत्तगया गाउँपालिका-४ घर भएका २७ वर्षीय सौरभ तामाङ छन् ।
प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत जवान थापाको हत्या आरोपमा प्रहरीले सुकेधारा क्षेत्रबाट उनीहरूलाई पक्राउ गरेको हो । उनीहरु दुबैलाई सिसिटिभी फुटेजको आधारमा महाराजगञ्ज प्रहरीले सोमबार साँझ पक्राउ गरेको हो । दुबै जनालाई प्रहरी वृत्त महाराजगन्जमा राखेर प्रहरीले अनुसन्धान अघि बढाएको छ।
प्रकाशित मिति : ११ कार्तिक २०८२, मंगलवार ११:५७












