२१ मंसिर २०८२, आईतवार | Sun Dec 7 2025

गोर्खाज फाइनान्सको अध्यक्षमा कल्पना खापुङ

११ कात्तिक, काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडको नयाँ अध्यक्षमा कल्पना खापुङ सर्वसम्मत चयन भएकी छन् । संस्थापक संचालक खापुङ आजै अर्थात् कात्तिक ११ गतेदेखि लागू हुने गरी अध्यक्ष चयन भएकी हुन् ।

यसअघिका अध्यक्ष गौरब बुढाथोकिले आफ्नो व्यक्तिगत कारण देखाई पदबाट राजिनामा दिएका थिए । बुढाथोकीले असोज ९ गते दिएको राजिनामा कात्तिक ११ गते मंगलबार बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको हो।

प्रकाशित मिति : ११ कार्तिक २०८२, मंगलवार ११:१७