९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

श्रीनगर एग्रीटेकको आईपीओ बाँडफाँड मिति तय, करिब १७ लाखको हात खाली हुने

१० कात्तिक, काठमाडौं । श्रीनगर एग्रीटेक इन्डस्ट्रिज लिमिटेडको आईपीओ बुधबार बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिङ्गले आईपीओ कात्तिक १२ गते बिहान बाँडफाँड गर्ने तयारी गरेको जनाएको छ ।

कम्पनीले गत असोज २६ गतेदेखि २९ गतेसम्म सर्वसाधारण लगानीकर्ताहरूका लागि कुल २५ लाख १० हजार ४९३ कित्ता सेयर निष्कासन गरेको थियो।आईपीओमा १९ लाख ४२ हजार ६८२ जना आवेदकले २ अर्ब १७ करोड २ लाख ८ हजार रुपैयाँ बराबरको २ करोड १७ लाख २ हजार ८० कित्ताका लागि आवेदन दिएका छन्। यो मागभन्दा ८.६४ गुणा बढी आवेदन हो।

कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेकाले  गोलाप्रथाबाट बाँडफाँड हुने छ । गोलाप्रथाबाट बाँडफाँड गर्दा २ लाख ५१ हजार ४९ जनाले सेयर पाउनेछन्। यसमध्ये ३ जना आवेदकले १/१ कित्ता थप गरी ११ कित्ता सेयर पाउनेछन्। भने १६ लाख ९१ हजार भन्दा बढीको हात खाली हुने भएको छ ।

प्रकाशित मिति : १० कार्तिक २०८२, सोमबार १३:३०