१० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026

कात्तिक २० गते प्रदर्शनका लागि काठमाडौँमा आउन विप्लवको आह्वान

१० कात्तिक, काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द विप्लवले कात्तिक २० गते काठमाडौँमा हुने बृहत् आमसभामा सहभागी हुन आह्वान गरेका छन् । सोमबार सामाजिक सञ्जाल फेसबुक मार्फत विप्लवले स्वाधिनता र समाजवादका पक्षमा उभिन आह्वान गरेका हुन् ।

‘नेपाललाई अरूले होइन हामी आफैँले फेर्ने हो। अरूले होइन नेपालीले नै चलाउने हो। जब भ्रष्ट, कमिसनखोर, तस्कर, दलाल, परजीवीहरू समाप्त हुनेछन् देशले आत्मसम्मान सहित उन्नति हासिल गर्नेछ’ उनले भनेका छन्, ‘स्वाधीनता र समाजवादका पक्षमा उभिन कात्तिक २० गते काठमाडौंमा भेटौँ साथीहरू।’

प्रकाशित मिति : October 27, 2025 at 12:48 pm