सामान्य अंकले बढ्यो नेप्से, २ अर्ब ६६ करोडको कारोबार
९ कात्तिक, काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजारमा सामान्य अंकको सुधार आएको छ । यस दिन नेप्से ५.१९ अंकले बढेर २५०९.०४ को बिन्दुमा बन्द भएको छ ।
यस दिन ३१३ कम्पनीको ५५ लाख ९६ हजार ७७ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ६६ करोड १३ लाख ०२ हजार रुपैयाँको कारोबार भएको छ । यस दिन एसबिएल डिभेञ्चर २०८९ को सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । कम्पनीको यस दिन ३२ करोड ४९ लाख रुपैयाँको कारोबार भएको छ ।
प्रकाशित मिति : ९ कार्तिक २०८२, आईतवार १५:२६













