आइतबार यी कम्पनीको सेयरमूल्य बढ्यो धेरै
९ कात्तिक, काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजारमा सामान्य अंकको सुधार आएको छ । यस दिन नेप्से ५.१९ अंकले बढेर २५०९.०४ को बिन्दुमा बन्द भएको छ ।
यस दिन ३१३ कम्पनीको ५५ लाख ९६ हजार ७७ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ६६ करोड १३ लाख ०२ हजार रुपैयाँको कारोबार भएको छ । यस दिन एसबिएल डिभेञ्चर २०८९ को सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।
साथै, आइतबार समता घरेलु लघुवित्तको ८.८९ प्रतिशत, हिमालयन पावर पार्टनरको ७.६३ प्रतिशत, नेपाल रि इन्स्योरेन्सको ७.१० प्रतिशतले सेयरमूल्य बृद्धि भएको छ ।

प्रकाशित मिति : ९ कार्तिक २०८२, आईतवार १५:२३












