जेनजी आन्दोलनमा प्रहरीकाे हत्या गर्ने तनहुँका दुईसहित थप ५ जना पक्राउ
९ कात्तिक, काठमाडौं । जेनजी आन्दोलनमा प्रहरीको हत्या गर्ने थप ५ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तनहुँका २१ वर्षीय राजीव गुरुङ र युनिक श्रेष्ठ, गोरखाका २१ वर्षीय सोमबहादुर गुरुङ, सर्लाहीका १७ वर्षीय सुमित तितुङ र रामेछापका १६ वर्षीय दीपक मगर रहेका छन् ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार प्रहरी हत्याका क्रममा विभिन्न भूमिका खेल्ने व्यक्तिलाई खोजतलासका क्रममा उनीहरू पक्राउ परेका हुन् । महाराजगञ्ज प्रहरी वृत्तमा कार्यरत असई मिलन राय र जवान उत्तम थापाको प्रदर्शनकारीहरूको कुटपिटबाट मृत्यु भएको थियो ।
प्रकाशित मिति : ९ कार्तिक २०८२, आईतवार १२:५१












