२६ माघ २०८२, सोमबार | Mon Feb 9 2026

नवनियुक्त मन्त्रीहरूको शपथ साढे २ बजे, को के बन्दैछन् मन्त्री ?

९ कात्तिक, काठमाडौँ । नवनियुक्त मन्त्रीहरूको शपथ आज दिउँसो २:३० बजे हुने भएको छ। प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तारको तयारी गर्दै राष्ट्रपतिसमक्ष उहाँले नयाँ मन्त्री नियुक्तिका निम्ति नाम सिफारिस गर्नुभएको हो ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीमा पूर्वसचिव डा सुधा शर्मा, संस्कृति, भूमिसुधार मन्त्रालयको जिम्मेवारीमा गणपतिलाल श्रेष्ठ, श्रम तथा रोजगारमन्त्रीमा खगेन्द्र सुनुवार र युवा तथा खेलकुदमन्त्रीमा बब्लु गुप्ता सिफारिस हुनुभएको छ ।

प्रकाशित मिति : ९ कार्तिक २०८२, आईतवार ११:३०