चार मन्त्रीको नाम टुंगो लाग्यो, आजै शपथ
९ कात्तिक, काठमाडौं । प्रधानमन्त्री सुशील कार्कीले मन्त्रिपरिषद् विस्तारको तयारी गर्नुभएको छ। सरकारमा थपिने चार जना मन्त्रीहरुको नाम टुंगो लागेको छ । नयाँ बन्ने मन्त्रीहरुमा डा। सुधा शर्मा गौतम स्वास्थ्य तथा जनसंख्या मन्त्री, गणपतिलाल श्रेष्ठ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री, खगेन्द्र सुनार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री र बब्लु गुप्ता युवा तथा खेलकुद मन्त्री बन्न लाग्नुभएको हो ।
चारै जना मन्त्रीको आजै शपथ ग्रहण हुने जनाइएको छ । उनीहरु चारै जनाको नामावली प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रपति कार्यालयमा सिफारिस गरिसकेको स्रोतले जनाएको छ ।
प्रकाशित मिति : ९ कार्तिक २०८२, आईतवार ०९:५२








