शिव श्री हाइड्रोको अवितरित हकप्रद सेयर लिलाम बिक्रीमा
९ कात्तिक, काठमाडौं । शिव श्री हाइड्रोपावर लिमिटेडले अवितरित हकप्रद सेयर लिलाम बिक्रीमा राखेको छ । कम्पनीले सर्वसाधारण समूहको अवितरित ८ लाख ६५ हजार ८४५ कित्ता हकप्रद सेयर लिलाममा राखेको हो ।
कम्पनीले भदौ १९ गतेदेखि असोज २३ गतेसम्म हकप्रद सेयर निष्कासन गर्दा बाँकी रहेको उक्त सेयर सबैले किन्न पाउने गरी लिलामीमा राखेको हो । बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकेको छ । यसमा आवेदन दिंदा कम्तीमा १०० कित्ता र बढीमा १० ले निःशेष भाग जाने वा सम्पूर्ण कित्ता माग गर्न सकिनेछ । यसमा कात्तिक २० गतेदेखि कात्तिक २७ गते बिहीबार दिउँसो ३ बजेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ ।
यस्तो बोलपत्र डिल्लीबजारस्थित सिटिजन्स क्यापिटल लिमिटेड र सिटिजन्स बैंकको कुमारीपाटी, ठिमी, इटहरी, विराटनगर, बिर्तामोड, वीरगञ्ज, सुर्खेत जनकपुर ९भानुचोक०, नेपालगञ्ज, नारायणगढ, धनगढी, पोखरा ९न्यूरोड०, बुटवल ९पाल्पा रोड० र हेटौंडा शाखा कार्यालयमा पाइनेछ। कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको काम सिटिजन्स क्यापिटल लिमिटेडले गरिरहेको छ ।
प्रकाशित मिति : ९ कार्तिक २०८२, आईतवार ०९:३८












