१० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026

तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्नुको विकल्प छैनः वर्षमान पुन

४ कात्तिक, काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का नेता एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले आगामी फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधिसभा निर्वाचन सफल पार्नु अत्यावश्यक रहेको बताउनुभएकाे छ ।

नेकपा माओवादी केन्द्र, भक्तपुरले आयोजना गरेको चियापान तथा शुभकामना कार्यक्रममा बोल्दै उहाँले तोकिएको मितिमा चुनाव सम्पन्न गराउन सबै दल गम्भीर बन्नुपर्नेमा जोड दिनुभयाे ।

‘संविधानलाई सही मार्गमा अघि बढाउन घोषणा गरिएकै मितिमा निर्वाचन सम्पन्न गर्नुको विकल्प छैन,’ पुनले भन्नुभयाे, ‘हामी चुनावका पक्षमा छौँ र अरू दललाई पनि चुनावका लागि तयार रहन आग्रह गर्छौँ।’

उहाँले कांग्रेस, एमाले लगायतका प्रमुख दलहरूलाई पनि निर्वाचनमा सहभागी भई लोकतान्त्रिक प्रक्रियालाई अघि बढाउन आह्वान गरे। केही दिनअघि प्रधानमन्त्री सुशीला कार्कीसँग भएको भेटको प्रसङ्ग उल्लेख गर्दै पुनले माओवादी केन्द्र निर्वाचनको पक्षमा स्पष्ट अडानमा रहेको जानकारी दिनुभयाे।

‘प्रधानमन्त्रीले हामीलाई बोलाउनुभएको थियो । नारायणकाजी कमरेडसँगै म पनि सहभागी थिएँ । हामीले भनेका थियौँ-हामी चुनावको पक्षमा छौँ, चुनावी वातावरण बनाउन भूमिका खेल्छौँ,’ उहाँले भन्नुभयाे ।

प्रकाशित मिति : October 21, 2025 at 5:25 pm