१० चैत्र २०८२, मंगलवार | Tue Mar 24 2026

सर्वसाधारणलाई आईपीओ निष्कासन गर्दै फोनपे

४ कात्तिक, काठमाडौं । डिजिटल भुक्तानी प्रदायक कम्पनी फोनपेले सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने भएको छ । कात्तिक २ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी कात्तिक २४ गते काठमााडौंको नक्सालमा  छैठौं सभा बोलाएको छ । उक्त सभा साँझ ५ बजेदेखि सुरू हुनेछ ।

सभामा आईपीओ निष्कासनको प्रस्ताव पारित गरिनुका साथै कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । यस्तै सभामा गत आवको वार्षिक आर्थिक विवरण गत सम्पूर्ण वित्तीय विवरणहरु पारित गरिनुका साथै स्वतन्त्र सञ्चालक नियुक्त गर्ने प्रस्ताव समेत पारित हुनेछ ।

प्रकाशित मिति : ४ कार्तिक २०८२, मंगलवार १३:५३