१३ भदौ २०८३, शनिबार | Sat Aug 29 2026
http://kk5.io/NADA2026

लाभांश प्रस्ताव पारित गर्न गरिमा विकास बैंकले बोलायो साधारण सभा

४ कात्तिक, काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले साधारण सभा बोलाएको छ। बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न साधारण सभा बोलाएको हो ।

बैंकले कात्तिक २७ गते होटल पोखरा ग्राण्ड, बिरौटा, पोखरामा उन्नाइसौँ वार्षिक साधारण सभा बोलाएको हो। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको ६ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थसहित ४.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यस्तै, सभाले रजिष्टर्ड कार्यालय स्थानान्तरण गर्ने, छाप तथा लोगो परिवर्तन गर्ने, अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्ज अथवा एक्विजिशनको कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले कात्तिक १८ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यसकाे अर्थ कात्तिक १७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्रै बैंकको साधारण सभामा सहभागिता हुन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

प्रकाशित मिति : October 21, 2025 at 10:03 am