२५ माघ २०८२, आईतवार | Sun Feb 8 2026

गंगाले दिइन् प्रचण्डको सचिवालयबाट राजीनामा

३ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डकी छोरी गंगा दाहालले सचिवालयबाट राजीनामा दिनुभएकाे छ । फेसबुकमा स्टाटस लेख्दै गंगाले निरन्तर आफूलाई देखाएर प्रचण्ड र समग्र पार्टीमाथि योजनावद्ध प्रहार भइरहेको भन्दै संयोजकबाट राजीनामा गरेको बताउनुभएकाे छ ।

‘निरन्तर मलाई देखाएर नेकपा (माओवादी केन्द्र)का संयोजक प्रचण्ड र समग्र पार्टीविरुद्ध योजनावद्ध प्रहार भइरहेका कारणले गर्दा मैले संयोजकको सचिवालयबाट राजीनामा दिएकी छु,’ उहाँले लेख्नुभएकाे छ ।

प्रकाशित मिति : ३ कार्तिक २०८२, सोमबार १४:३६