१७ चैत्र २०८२, मंगलवार | Tue Mar 31 2026

आईपीओ निष्काशनको तयारीमा रहेको आइएमई लिमिटेडले बोलायो साधारण सभा

३ कात्तिक, काठमाडाैं। आइएमई लिमिटेडले साधारण सभा बाेलाएकाे छ । असोज ३१ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कात्तिक २५ गते काठमाडाैंकाे पानीपोखरीमा रहेको कम्पनी रजिष्टर्डको कार्यालयमा २५ औं वार्षिक साधारण सभा बाेलाएकाे हाे ।

उक्त सभा बिहान ९ बजेदेखि सुरु हुनेछ । सभामा कम्पनीको नगद लाभांश पारित, गत आवको वित्तीय विवरणहरु पारित गर्नुका साथै सहायक कम्पनी आइएमईको वित्तीय विवरणहरु पारित गरिनेछ ।

आइएमई लिमिटेड आईपीओ निष्कासनको तयारीमा रहेको छ । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँका दरले १२ लाख ५० हजार ६ सय ६७ कित्ता बापतको १२ करोड ५० लाख ६६ हजार सात सय रुपैयाँ बराबरको आईपीओ निष्कासनको तयारी गरेको छ । यसका लागि कम्पनीले नागरिक लगानी कोषसँग सेयर प्रत्याभूति सम्झौता गरिसकेको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०८२, सोमबार १०:४२