२५ माघ २०८२, आईतवार | Sun Feb 8 2026

यस्तै हो भने म प्रधानमन्त्रीमा फर्किने सम्भावना बढ्छः केपी ओली

१ कात्तिक, काठमाडौँ । पूर्वप्रधानन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले यस्तै अराजकता चलिरहे फेरि आफू प्रधानमन्त्रीमा फर्किने दावी गर्नुभएको छ । आइतबार सम्पादकहरूसँगको छलफलका क्रममा ओलीले यस्तो दावी गर्नुभएकाे हाे ।

उहाँले भन्नुभयो, ‘यस्तै भयो भने केपी ओली फेरि प्रधानन्त्रीमा फर्किने सम्भावना बढ्छ । जनताले यो कुरा सहँदैन नि, किन सहने रु अरुबाट हुने रहेनछ। यस्तो अराजकता ।

ओलीले हलमा उपस्थित सम्पादकहरूले समेत मेसो नपाएको र अहिले पनि सम्पादकीय नै लेखेर आफूलाई बोलाउने बताउनुभयाे ।

‘तपाईंहरूले अहिले त अलि मेलो पाउनुभएको छैन । तर, तपाईंहरूले सम्पादकीय लेखेर भन्नुहुन्छ, ल्याऔं केपी ओलीलाई भनेर,’ ओलीले भन्नुभएकाे छ ।

प्रकाशित मिति : २ कार्तिक २०८२, आईतवार १५:५७