मोहन वैद्यले महासचिवबाट दिए राजीनामा, सीपी गजुरेललाई महासचिवको जिम्मा
२ कात्तिक, काठमाडाैं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको महासचिव मोहन वैद्यले पदबाट राजीनामा दिनुभएकाे छ । उहाँले स्वास्थ्य लगायतको कारण देखाउँदै पद छोड्ने निर्णय गर्नुभएकाे हाे । उहाँको स्थानमा पार्टीले सीपी गजुरेललाई महासचिव बनाउने निर्णय गरेको छ ।
क्रान्तिकारी कम्युनिस्ट पार्टीको केन्द्रीय समिति बैठकले आफूलाई महासचिवका रुपमा अनुमोदन पनि गरिसकेको उहाँले बताउनुभयाे ।
प्रकाशित मिति : २ कार्तिक २०८२, आईतवार ११:३९












