प्रि ओपन सेसनमा करिब २ अंकले बढ्यो नेप्से
२ कात्तिक, काठमाडौं । साताको पहिलो कारोबारकाे दिन आइतबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब २ अंकले बढेको छ। यस दिन सो सेसनमा नेप्से १.९० अंकले बढेर २४८९.०७ विन्दुमा पुगेको छ।
आइतबार प्रि ओपन सेसनमा २४ स्टकको ६२ पटकको कारोबारमा ४८ लाख ५६ हजार १७ रुपैयाँ २० पैसाबराबरको ५ हजार ५०९ कित्ता सेयर खरिदबिक्री भएको छ।
प्रकाशित मिति : October 19, 2025 at 11:02 am










