२१ असार २०८१, शुक्रबार | Fri Jul 5 2024

आखाँको शिविरमा २ सय ८६ को उपचार


११ चैत, इनरुवा । सुनसरी सदरमुकाम इनरुवा–१० जल्पापुरमा शनिबार सम्पन्न भएको निःशुल्क आँखा शिविरमा २ सय ८६ को उपचार भएको छ भने १८ जना मोतिया बिन्दुका बिरामीलाई शल्यक्रियाका लागि छनोट गरिएको छ ।

हाम्रो सञ्जाल नेपालको आयोजना र विराटनगर आँखा अस्पतालको संयोजनमा शिविर सम्पन्न भएको थियो ।

सम्पन्न शिविरमा २८६ जनाको आँखा परीक्षण गरेकामा १८ जनालाई मोतियाबिन्दु देखिएकाले थप उपचार र शल्यक्रियाका लागि छनोट गरिएको आयोजक हाम्रो सञ्जाल नेपालका अध्यक्ष सितोष पोखरेलले जानकारी दिए । छनोट भएका १८ जनालाई शल्यक्रियाका लागि विराटनगर आँखा अस्पताल पठाइएको आयोजकले जनाएको छ ।

प्रकाशित मिति : ११ चैत्र २०७४, आईतवार ११:२३