चुनावमा नजाने ओलीको घोषणा, एमालेका गतिबिधि चुनावविरूद्ध केन्द्रीत हुने
३१ असोज, काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन २१ गतेका लागि तय भएको निर्वाचनमा सहभागी नहुने घोषणा गर्नुभएकाे छ ।

दसौँ केन्द्रीय कमिटी बैठकको समापन समारोहलाई शुक्रबार सम्बोधन गर्दै अध्यक्ष ओलीले निर्वाचनमा नजाने घोषणा गर्नुभएको हो । केन्द्रीय कमिटी बैठकमा निर्वाचनको विरूद्धमा कसैले आवाज नउठाए पनि ओलीले एक्लै निर्वाचनमा नजाने घोषणा गर्नुभएको हो ।
पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता ‘कु’ गरेकै शैलीमा ओलीले बैठकको समापन गर्ने क्रममा होहल्लाको बीचमा एमाले चुनावमा सहभागी नहुने घोषणा गर्नुभएको हो । ओलीको घोषणा अनुसार महासचिव नेतृत्वको एमालेको केन्द्रीय कार्यालयले अब एमालेले संसद पुनःस्थापनाको नाममा निर्वाचनका विरूद्धमा विभिन्न कार्यक्रम गर्नेछ ।
ओलीले निर्वाचनमा नजाने घोषणा गर्दा उपाध्यक्षद्धय अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवालीले आपत्ति जनाउनुभएको थियो भने केन्द्रीय सदस्यहरूले उठेर बिरोध जनाउनुभएको थियो तर ओलीले निर्वाचनमा सहभागी नहुने घोषणा गरेर बैठक समापन गर्नुभयो ।
प्रकाशित मिति : ३१ आश्विन २०८२, शुक्रबार १८:०७












