२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

तत्कालीन गृहसचिव दुवाडीलाई उपत्यका छाड्न लगाइएको बन्देज हटाइयो

३१ असाेज, काठमाडाैँ । सरकारले तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडीलाई उपत्यका छाड्न नपाउने भन्दै लगाइएको बन्देज फुकुवा गरेको छ।

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका घटनाको जाँचबुझ आयोगले दुवाडीलाई उपत्यका छाड्न नपाउने, विदेश भ्रमणमा गर्न नपाउने गरी बन्देज लगाएको थियो। उपत्यका छाड्न गरिएको बन्देश सशर्त फुकुवा गरे पनि विदेश भ्रमणमा लगाइएको बन्देज भने कायमै रहेको छ।

 

प्रकाशित मिति : October 17, 2025 at 6:07 pm