१ पुष २०८२, मंगलवार | Wed Dec 17 2025

बैंक तथा वित्तीय संस्थालाई वित्तीय विवरण प्रकाशित गर्न समय थप

३१ असाेज, काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक, वित्तीय संस्था र पूर्वाधार बैंकहरुलाई चालु आर्थिक वर्षको प्रथम त्रैमासको अन्तरिम वित्तीय विवरण प्रकाशित गर्ने म्याद थप गरेको छ । राष्ट्र बैंकले सूचना जारी गर्दै चालु आर्थिक वर्षको पहिलो त्रैमासको अन्तरिम वित्तीय प्रतिवेदन प्रकाशनका लागि ७ दिन समय थप गरेको हो ।

पहिलो त्रैमास सकिएको १५ दिनभित्र अन्तरिम वित्तीय प्रतिवेदन तोकिएको ढाँचामा प्रकाशित गर्नुपर्ने व्यवस्था रहेको छ । यसबिचमा तिहार छट लगायतका चाडपर्व विदापरेकाले राष्ट्र बैंकले समय थप गरेको हो ।

आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासका लागि अन्तरिम वित्तीय प्रतिवेदन प्रकाशन गर्न २०८२ कात्तिक २१ गतेसम्म समयावधि थप गरिएको राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मिति : ३१ आश्विन २०८२, शुक्रबार १७:५२