१० फाल्गुन २०८२, आईतवार | Sun Feb 22 2026

नपाएको ब्याज रकमलाई नाफाको रूपमा नदेखाउन राष्ट्र बैंकको निर्देशन

३१ असाेज, काठमाडाैं । नेपाल राष्ट्र बैंकले सबै बैंक र वित्तीय संस्थालाई नपाएको ब्याज रकमलाई नाफा रूपमा देखाउन नपाइने निर्देशन दिएको छ।

बैंक तथा वित्तीय संस्था नियमन विभागले शुक्रबार जारी गरेको सूचनामा भनिएको छ, आ.व. २०८२/८३ को पहिलो त्रैमासमा लेखा परीक्षण गर्दा असोज मसान्तसम्म वास्तवमै प्राप्त नभएको ब्याज रकमलाई नाफा आम्दानीमा देखाउन पाइने छैन। यस्तो ब्याज रकमलाई “प्राप्त हुन बाँकी ब्याज” (Interest Receivable) भनेर मात्र राख्नुपर्ने राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकका अनुसार, सो रकमलाई नाफा बाँडफाँट, बोनस, सञ्चालक भत्ता वा सामाजिक उत्तरदायित्व कोषका लागि प्रयोग गर्न पनि मिल्दैन। यस्तो रकमलाई ‘सञ्चित नाफा’ (Retained Earning) अन्तर्गत मात्र देखाउनुपर्ने जनाएको छ।

प्रकाशित मिति : ३१ आश्विन २०८२, शुक्रबार १७:४७