कात्तिक महिनाका लागि वाणिज्य बैंकहरुले घटाए ब्याजदर, कुनको कति ?
३१ असोज, काठमाडौं ।वाणिज्य बैंकहरुले कात्तिक महिनाका लागि नयाँ ब्याजदर प्रकाशित गरेका छन्। प्रकाशित सूचना अनुसार बैंकहरुको अधिकतम औषत ब्याजदर असोज महिनाको तुलनामा घटेको छ। २० वटा वाणिज्य बैंकमध्ये १४ वटा बैंकले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् भने ६ वटाले स्थिर राखेका छन् ।
असोज महिनामा व्यक्तिगत निक्षेपको औषत ब्याजदर ५.४६ प्रतिशत रहेकोमा कात्तिक महिनामा घटेर ५.२० प्रतिशत कायम भएको छ । यस्तो निक्षेपमा बैंकहरुको अधिकतम औषत ब्याजदर ०.२६ प्रतिशतविन्दु घटेको हो।
कात्तिक महिनाका लागि कुन बैंकको ब्याजदर कति ?
प्रभु बैंक
प्रभु बैंकले कात्तिक महिनाका लागि व्यक्तिगत र संस्थागत निक्षेपको अधिकतम ब्याजदर घटाएको छ । बैंकले कात्तिक महिनाका लागि व्यक्तिगततर्फ अधिकतम ४.९५ प्रतिशत र संस्थागततर्फ २.७५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।
एनआईशी एशिया बैंक
एनआईसी एशिया बैंकले कात्तिक महिनाका लागि व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपको ब्याजदर घटाएको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ५.७५ प्रतिशत र संस्थागततर्फ अधिकतम ४.५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । असोज महिनाका लागि भने बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६ प्रतिशत र संस्थागततर्फ अधिकतम ५ प्रतिशत ब्याजदर दिएको थियो ।
एभरेष्ट बैंक
एभरेष्ट बैंकले पनि व्यक्तिगत र संस्थागत दुवैतर्फको ब्याजदर घटाएको छ । बैंकले कात्तिक महिनाका लागि व्यक्तिगत निक्षेपतर्फ अधिकतम ५ र संस्थागतर्फ ४ प्रतिशत ब्याजदर दिने भएको छ । बैंकले असोज महिनाका लागि व्यक्तिगततर्फ अधिकतम ५.२५ र संस्थागततर्फ अधिकतम ४.२५ प्रतिशत ब्याजदर तोकेको थियो ।
सानिमा बैंक
सानिमा बैंकले कात्तिक महिनाका लागि व्यक्तिगत र संस्थागततर्फको ब्याजदर घटाएको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.१४ प्रतिशत र संस्थागततर्फ ३.४ प्रतिशत ब्याजदर कायम गरेको छ । असोज महिनाका लागि बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.२५ प्रतिशत र संस्थागततर्फ ३.५ प्रतिशत ब्याजदर कायम गरेको थियो ।
सिटिजन्स इन्टरनेशनल बैंक
सिटिजन्स इन्टरनेशनल बैंकले कात्तिक महिनाका व्यक्तिगत निक्षेपको ब्याजदर घटाएको छ भने संस्थागततर्फको स्थिर राखेको छ । बैंकले कात्तिक महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५ प्रतिशत र संस्थागततर्फ ३ प्रतिशत ब्याजदर तोकेको छ । असोज महिनाका लागि बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.२५ प्रतिशत र संस्थागततर्फ ३ प्रतिशत ब्याजदर दिएको थियो ।
नेपाल एसबीआई बैंक
नेपाल एसबीआई बैंकले कात्तिक महिनाका लागि ब्याजदर घटाएको छ । बैंकले कात्तिक महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५ प्रतिशत र संस्थागततर्फ ४ प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ । असोज महिनाका लागि बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.१८ प्रतिशत र संस्थागततर्फ ४.१८ प्रतिशत ब्याजदर दिएको थियो ।
प्राइम कमर्सियल बैंक
प्राइम कमर्सियल बैंकले कात्तिक महिनाका लागि व्यक्तिगत निक्षेवको ब्याजदर घटाएको छ भने संस्थागतको स्थिर राखेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५ प्रतिशत र संस्थागततर्फ २.७५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।
एनएमबी बैंक
एनएमबी बैंकले कात्तिक महिनाका लागि ब्याजदर घटाएको छ। बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५ प्रतिशत र संस्थागततर्फ ४ प्रतिशत ब्याजदर तोकेको छ । असोज महिनाका लागि बैंकले अधिकतम ६ प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत ब्याजदर दिएको थियो ।
माछापुच्छ्रे बैंक
माछापुच्छ्रे बैंक ले कात्तिक महिनाका लागि ब्याजदर घटाएको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५ प्रतिशत र संस्थागततर्फ ३ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । असोज महिनाका लागि बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६ प्रतिशत र संस्थागततर्फ ४ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।
स्ट्याण्डर्ड चाटर्ड बैंक
स्ट्याण्डर्ड चाटर्ड बैंकले व्यक्तिगत निक्षेपतर्फको ब्याजदर घटाएको छ भने संस्थागततर्फको स्थिर राखेको छ । बैंकले कात्तिक महिनाका व्यक्तिगततर्फ अधिकतम ५ प्रतिशत र संस्थागततर्फ २.७५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । असोज महिनाका लागि भने बैंकले व्यक्तिगततर्फ अधिकतम ५.१८ प्रतिशत ब्याज दिएको थियो ।
कुमारी बैंक
कुमारी बैंकले ब्याजदर स्थिर राखेको छ । बैंकले कात्तिक महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.०१ र संस्थागततर्फ ४.०१ प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले असोज महिनाका लागि व्यक्तिगत मुद्दतीको ब्याजदर घटाएको छ भने संस्थागतको स्थिर राखेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५ प्रतिशत र संस्थागततर्फ ४.२५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । बैंकले असोज महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.२५ प्रतिशत र संस्थागततर्फ ४.२५ प्रतिशत ब्याजदर दिएको थियो ।
लक्ष्मी सनराइज बैंक
लक्ष्मी सनराइज बैंकले कात्तिक महिनाका लागि व्यक्तिगततर्फको ब्याजदर घटाएको छ भने संस्थागत निक्षेपतर्फको स्थिर राखेको छ । बैंकले कात्तिक महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५ प्रतिशत र संस्थागततर्फ ४ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।
नबिल बैंक
बैंकले कात्तिक महिनाका लागि ब्याजदर घटाएको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४.९५ प्रतिशत र संस्थागततर्फ ३.९२ प्रतिशत ब्याजदर कायम गरेको छ । बैंकले असोज महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.५ प्रतिशत र संस्थागततर्फ ४.०५ प्रतिशत ब्याजदर दिएको थियो ।
ग्लोबल आइएमई बैंक
ग्लोबल आइएमई बैंकले कात्तिक महिनाका लागि व्यक्तिगत र संस्थागत दुवै मुद्दती निक्षेपको अधिकतम ब्याजदर स्थिर राखेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६ प्रतिशत र संस्थागतर्फ ४.२५ प्रतिशत ब्याजदर प्रदान गर्ने निर्णय गरेको छ ।
माछापुच्छ्रे बैंक
बैंकले कात्तिक महिनाका लागि ब्याजदर घटाएको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५ प्रतिशत र संस्थागततर्फ ३ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । असोज महिनाका लागि बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६ प्रतिशत र संस्थागततर्फ ४ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।
कृषि विकास बैंक
बैंकले असोज महिनाका लागि व्यक्तिगत र संस्थागत निक्षेपको ब्याजदर घटाएको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४.९५ प्रतिशत र संस्थागततर्फ २.७५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । असोज महिनाका लागि भने बेंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.०५ प्रतिशत र संस्थागततर्फ ३ प्रतिशत ब्याजको व्यवस्था गरेको थियो ।
हिमालयन बैंक
हिमालयन बैंकले कात्तिक महिनाका लागि व्यक्तिगत निक्षेपको ब्याजदर स्थिर राखेको छ भने संस्थागतको घटाएको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६ प्रतिशत र संस्थागतर्फ ४.५ प्रतिशत ब्याजदर दिने निर्णय गरेको छ । बैंकले असोज महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६ प्रतिशत र संस्थागतर्फ ५ प्रतिशत ब्याजदर दिएको थियो ।
सिद्धार्थ बैंक
सिद्धार्थ बैंकले व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपको ब्याजदर स्थिर राखेको छ । बैंकले कात्तिक महिनाका लागि व्यक्तिगततर्फ अधिकतम ५.५ र संस्थागतर्फ ४ प्रतिशत ब्याजदर निर्धरण गरेको छ ।
राष्ट्रिय वाणिज्य बैंक
राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगत र संस्थागतको ब्याजदर स्थिर राखेको छ । बैंकले कात्तिक महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.५ प्रतिशत र संस्थागततर्फ ४ प्रतिशत ब्याजदर तोकेको छ ।
प्रकाशित मिति : ३१ आश्विन २०८२, शुक्रबार १०:३३












