२२ मंसिर २०८२, सोमबार | Mon Dec 8 2025

एनआईसी एशिया बैंकले कात्तिक महिनाका लागि घटायो ब्याजदर

३१ असोज, काठमाडौं । एनआईसी एशिया बैंकले कात्तिक महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । नयाँ ब्याजदर अनुसार बैंकले व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपको ब्याजदर घटाएको छ ।

बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ५.७५ प्रतिशत कायम गरेको छ । असोज महिनाका लागि भने बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६ प्रतिशत ब्याजदर दिएको थियो ।

त्यस्तै, बैंकले संस्थागत मुद्दती निक्षेपको ब्याजदर पनि घटाएको छ । असोज महिनामा संस्थागत निक्षेपकर्तालाई अधिकतम ५ प्रतिशत ब्याजदर प्रदान गरेको बैंकले कात्तिक महिनाका लागि अधिकतम ४.५० प्रतिशत प्रदान गर्ने भएको छ ।

प्रकाशित मिति : ३१ आश्विन २०८२, शुक्रबार ०९:१८